PRABHU BANK

‘कृषि विकास बैंकले कृषिमा आवश्यक लगानी गरेन’ : सांसद गौतम

काठमाडौँ । सांसद सञ्जयकुमार गौतमले कृषि विकास बैंकले कृषिमा आवश्यक लगानी नगरेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद गौतमले यस्तो बताएका हुन् ।

मन्त्रालयगत बजेट माथिको छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बिनियोजन विधेयकमाथि छलफल गर्नेक्रममा विभिन्न  समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउँदै उनले कृषि विकास बैंकले कृषिमा आवश्यक लगानी नगरेको बताए ।

कृषि विकास बैंकले कृषि विकासका नाममा ठुल्ठुला किसानलाई मात्रै हेरेको र साना किसानहरूलाई समेट्न नसकेको उनको भनाइ छ । सांसद गौतमले कृषि विकास बैंक नाम मात्रैको कृषि विकास रहेको र व्यापारिक प्रयोजनको प्राइभेट बैंक जस्तो भएको पनि बताए ।

उनले सानसाना किसानलाई आवश्यक सहयोग नगरेर राज्य र कृषि विकास बैंकले नै बेवास्ता गरिरहेको बताए । सरकारले समयमा मल, सिँचाइको सुविधा, उत्पादित बस्तुको बजार व्यवस्था नगरिदिएको र कृषि विकास बैंकले साना किसानहरुलाई आवश्यक कर्जा दिन नसकेको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै