PRABHU BANK

नेपाल बैंकद्वारा सडक डिभाईडर सहयोग, सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य

काठमाडौँ। नेपाल बैंक लिमिटेडले सडक डिभाईडर सहयोग गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाईडरहरू प्रदान गरेको हो ।

नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडकोे तर्फबाट शाखा प्रबन्धक नारायण प्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्रा.डा. ध्यानेन्द्र बहादुर राई समक्ष सडक डिभाईडरहरू हस्तान्तरण गरेका बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा प्रा.डा. राइले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्नुहुने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाका कर्मचारी तारा राई लगायतको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै