PRABHU BANK

विश्व बैंकको हालसम्मकै ठुलो बैठक नेपालमा हुँदै, ९० देशका ३ सय बढी प्रतिनिधि आउने

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१ औँ बैठक नेपालमा हुँदैछ । आगामी असार ४ गते देखि ७ गतेसम्म काठमाडौँमा हुन लागेको बैठक विश्व बैंकको हालसम्मकै ठुलो कार्यक्रम हो ।

बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए भने विश्व बैंक सञ्चालक समितिले बैठकका लागि अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट नेपाललाई रोजेको हो । काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एकसेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र ५ जना डाइरेक्टर वासिङ्टनबाट नेपाल आउने भएका छन् ।

यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए । सन् १९६० मा स्थापना भएको आइडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरूका लागि बहुपक्षीय सहायता प्रदान गर्ने गर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै