PRABHU BANK

‘पेवेल नेपाल र सजिलो पे’ पेमेन्टका कर्मचारी हुन्डी कारोबारमा संलाग्न, ६ जना पक्राउ

काठमाडौँ । दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवेल नेपाल र सजिलो पे’ पेमेन्टका ६ जना कर्मचारी पक्राउ परेका छन् । शुक्रबार हुन्डी र तस्करी कारोबारमा संलग्न रहेको आरोपमा दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवेल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार अवैध हुन्डी, सुन र क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जना कर्मचारीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा रहेका छन् भने पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् ।

उनीहरूविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै