PRABHU BANK

ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । बैंकले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको हो ।

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रर्वद्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ । यो पहल ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा हो । हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।’

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस्ता नवीन बैंकिङ प्रविधिहरु अंगालेर बैंकले आफ्ना ग्राहकहरुको बदलिँदो बैंकिङ आवश्यकताहरु मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै