PRABHU BANK

सिटिजन्स बैंक इन्टरनेशनलद्धारा बेनी अस्पताललाई दुई वटा वाटर फिल्टर प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले बेनी अस्पताललाई दुई वटा वाटर फिल्टर प्रदान गरेको छ । बैंकले म्याग्दी जिल्लामा रहेको बेनी अस्पताललाई आरओ वाटर फिल्टर सहयोग प्रदान गरेको हो ।

बैंकका अनुसार अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीहरूलाई कठिनाइका साथै स्वास्थ्यकर्मीहरूलाई पनि सेवा प्रवाहमा असहजता भएको हुदाँ अस्पताललाई दुई वटा वाटर फिल्टर सहयोग प्रदान गरिएको हो ।

बैंकले उक्त कार्यबाट सेवाग्राहीहरूलाई अस्पतालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमी आउने र समग्रमा सो क्षेत्रको स्वास्थ्यमा प्रवर्द्धन हुने विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै