National

सिद्धार्थ बैंकको नाफा बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौँ । सिद्धार्थ बैंकको खुद नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३.०२ प्रतिशतले धेरै हो ।

बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७ करोड ६१ लाख रहेकोमा सो अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १ करोड रुपैयाँ सीमित भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको छ ।

यसैगरी बैंकको सञ्चालन नाफा १४.४२ प्रतिशतले बढेको छ भने निष्क्रिय कर्जा दर ३.९५ प्रतिशत विन्दुबाट घटेर २.५२ प्रतिशत कायम भएको छ । सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी १.८६ रुपैयाँले बढेर १६.१० रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १८६.११ रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा सो अवधिसम्म आइपुग्दा ऋणात्मक रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै