National

वाणिज्य बैंकको नाफामा १३. ४७ प्रतिशतको संकुचन, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल नेपाल बैंककोमा संकुचन

काठमाडौँ । वाणिज्य बैंकहरूको नाफामा १३.४७ प्रतिशतको संकुचन देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरूमध्ये १३ वटा बैंकको नाफा घटेको छ भने ७ वटा बैंकको नाफा बढेको पाइएको छ ।

सो बैंकहरूले समीक्षा अवधिसम्म ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकि अघिल्लो वर्षको सोही अवधिमा यी बैंकहरूले ४७ अर्ब १ करोड रुपैयाँ कमाएका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले बढाउन सफल भएको छ ।  उक्त बैंकको नाफा समीक्षा अवधिमा ९७.२१ प्रतिशतले बढेको हो । यसैगरी लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेष्ट बैंक पनि नाफा बढाउन सफल भएका छन् ।

यता नाफामा संकुचन आएका वाणिज्य बैंकहरूमा नबिल, ग्लोबल, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, प्रभु, सानिमा, सिटिजन्स, नेपाल एसबीआई, कुमारी, माछापुच्छ्रे र नेपाल बैंक रहेका छन् । नेपाल बैंकको नाफामा सबैभन्दा बढी संकुचन आएको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा समीक्षा अवधिसम्म नेपाल बैंकको नाफा ९२.६८ प्रतिशतले घटेको छ ।

त्यस्तै, रकमका हिसाबले यो ९ महिनामा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै