प्रमुख कार्यकारी अधिकृत पदका लागि राष्ट्रिय वाणिज्य बैंकद्धारा दरखास्त आह्वान…(सूचनासहित)

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले दरखास्त आह्वान गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले जारी गरेको सूचना अनुसार इच्छुक उम्मेदवारहरूले आवेदन दिनका लागि बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, व्यवस्थापन, तथ्याङ्क शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृतका लागि इच्छुक व्यक्तिसँग १० वर्षको कार्य अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले इच्छुक तथा योग्यता पुगेका नेपाली उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । यस्तो छ सूचना:

Rastriya Banijya Bank Notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्