National

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १३७.४७ कायम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र खुद फि तथा कमिसन आम्दानी बढेसँगै बैंकको खुद नाफा पनि बढेको पाइएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३५.९८ प्रतिशत बढेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत र सञ्चालन मुनाफा ९.६५ प्रतिशत बढेको छ । नाफासँगै बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.४७ पैसा रहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै