National

नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्दै

काठमाडौँ । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ नामक ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । 

बैंकका अनुसार नेपाल धितोपत्र र्बोड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायले स्वीकृत पश्चात् ऋणपत्र निष्कासन गर्नेछ ।

बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकलाई छनोट गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एसबिआई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै