PRABHU BANK

बुधबार बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाण्डौ । बुधबार बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । सरकारले आज राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएपछि बैंक तथा वित्तीय संस्था बन्द रहने भएका हुन् ।

मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मदिनमा आज ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मानिन्छ । त्यही जन्म दिनको स्मृतिमा आज पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने चलन छ ।

रामनवमीको अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै