National

बंगलादेश बैंकले बनायो बैंकहरुलाई फोर्स मर्जरमा लैजाने योजना

काठमाडौँ । बंगलादेश बैंकले देशका बैंकहरूलाई फोर्स मर्जरमा लैजाने योजना बनाएको छ । बैंकले ८ देखि १० वटा कमजोर बैंकहरूलाई फोर्स मर्जरमा लैजाने योजना बनाएको हो ।

केन्द्रीय बैंकले कमजोर बैंकहरूलाई मर्जरमा लैजानु अघि बलिया बैंकसँग स्वैच्छिक मर्जरको लागि आग्रह गर्ने भएको छ ।

साथै, बैंकले मर्जरमा जाने बैंकहरूलाई न्यूनतम पुँजी आवश्यकता, प्रोभिजनल, क्यास रिजर्भ रेसियो, वैधानिक तरलता अनुपात आवश्यकता र लिक्विडिटी कभरेज रेसियो लगायतमा नियामकिय  छुटसहित प्रोत्साहन प्रदान गर्ने भएको छ ।

बैंकका अनुसार उक्त प्रोत्साहन कमजोर बैंकलाई गाभ्न बोलपत्र पेश गर्ने बलिया बैंकहरूले पाउनेछन् । केन्द्रीय बैंकले कमजोर बैंकहरूलाई बचाउनका लागि बलिया बैंकमा मर्ज गराउने योजना बनाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै