National

प्रभु बैंकका ग्राहकहरूलाई स्काइ वाक टावरको टिकट खरिदमा छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकहरूले स्काइ वाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् । बैंक र वन्डर्स नेपाल प्रालिबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरूले स्काइ वाक टावरको टिकट खरिदमा छुट पाउने भएका हुन् ।

बैंकका अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले कमलादी स्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइ वाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । 

त्यस्तै, छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने हुन्छ ।

स्काइ वाक टावर कुल ७८.५ मिटर अग्लो छ । साथै, सो टावरबाट उपत्यकाको ३ सय ६० डिग्रीमा दृश्यावलोकन गरेर ग्राहकहरूले मनोरञ्जन लिन सक्नेछन् ।

प्रभु बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल,  डिपार्टमेन्टल स्टोरहरूहरुसँग विभिन्न छुट तथा अन्य सुविधा सम्झौताहरू गर्दै आइरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै