काठमाडौँ। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा पाटन उच्च अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
एसियन भिलेज रिसोर्ट प्रकरणमा अदालतले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्त, बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठ, शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेल तथा बैंकका म्यानेजर नन्दराज जोशी र शशिधर शर्मालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
पन्त ५० लाख, शर्मा २ करोड, शिशिर पौड्याल १ करोड, नन्दराज जोशी १५ लाख, ज्ञवाली १५ लाख र श्रेष्ठ १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन्।
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा सोमबार थुनछेक बहस नसकिएपछि मुद्धा हेर्दा हेर्दैमा बसेको थियो । मुद्धाको पेशी भदौ ९ गते अर्थात मंगलबारलाई तोकिएको थियो ।
आजै पाटन उच्च अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मुद्दामा ५ बैंकरसहित ७ जनालाई प्रतिवादी बनाईएको थियो।




