काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन सिइओ मनोजकुमार लाल कर्ण धरौटीमा रिहा भएका छन्। विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कर्णलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
कर्ण २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
जेठ २८ गते कर्णविरुद्ध अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो।
सोही मुद्दामा न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
हिमालयन लाइफ इन्स्योरेन्सको सिइओ नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतको आदेश


