काठमाडौँ। प्रभु बैंकका असिस्टेन्ट म्यानेजर शैलेन्द्र डंगोलले पनि बयान दिएका छन्। बैंकको ४८ करोड घोटाला प्रकरणमा बैंकर शैलेन्द्र डंगोलले पनि बयान दिएका हुन्।
बयानमा उनले कर्जा दुरूपयोग गर्ने र गराउनेलाई कारवाही हुनुपर्छ भनेका छन्।
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ ।
बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।
उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंकर शैलेन्द्र डंगोलले प्रहरीलाई दिएको बयान:


प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’
प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान
घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।



