काठमाडौँ । दुर्गा प्रसाईंले विनोद चौधरीलाई ‘तस्कर’ भनेर गाली गरेको भिडियोमा नबिल बैंककै कर्मचारीले लाइक गरेको पाइएको छ । ‘नबिल बैंकको रमाइलो’ ग्रुपमा बैंककै एक कर्मचारीले हालेको स्क्रिनशटमा बैंकका सिनियर कर्मचारी कृष्ण सुवेदीले लाइक गरेको प्रष्ट देखिन्छ ।
सुबेदी बैंकको रिटेल ट्राञ्जेसन् बैंकिङ विभागका प्रमुखसमेत हुन् ।
उनले सो भिडियोमा लाइक गरेको भिडियोलाई अहिले अनलाइक गरिसकेका छन् । यद्यपी आफ्नै साहुलाई तस्कर भनेको भिडियोमा उनले किन र के कारणले लाइक ठोके ? कुण्ठा पोखे कि लाइकमार्फत मनका बह पोखे भन्ने चर्चा नबिल बैंकका कर्मचारीले चलाएको ग्रुपमा प्रष्ट देख्न सकिन्छ ।
यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी र स्वयम् उनी कृष्ण सुवेदीलाई फोन गरेका थियौँ । तर, दुबैले हाम्रो फोन नै उठाएनन् ।
केहि समय अघि मात्रै उनलाई बैंकले मिडिया रिलेसनको जिम्मेवारीबाट हटाएर रिटेल ट्राञ्जेसन विभागको प्रमुख बनाएको छ ।