काठमाडौँ । अविरल वर्षाले सिर्जना गरेको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार र सोमबार सरकारी कार्यालयहरू बन्द रहनेछन् ।
पहिले तय भएअनुसार भोलिदेखि कार्यालयहरू खुल्ने तयारी भए पनि लगातारको वर्षाका कारण सडक आवतजावत अवरुद्ध भएकाले बिदा थपिएको हो । योसँगै अव आइतबार र सोमबार पनि बैंक तथा वित्तीय संस्थाहरु बिदा हुने भएका छन् ।