DISH HOME

महालक्ष्मी बिकास बैंकमा ग्राहकले राखेको रकम दुरुपयोग गर्ने ब्रान्च मेनेजर र महिला कर्मचारी जेल चलान

काठमाडौँ । महालक्ष्मी विकास बैंकमा ग्राहकले राखेको रकम दुरुपयोग गर्ने एक महिलासहित दुई कर्मचारी जेल चलान भएका छन् ।  बैंकको गोकुलेश्वर शाखाको २ करोड ८५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका उनीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

कारागार चलान हुनेहरुमा बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक सागर शाही र सोही शाखामा नगद विभागमा कार्यरत निर्मला साउँद रहेका छन् ।

यस्तै सोहि प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । अदालतले पक्राउ परेका धनन्जय पन्तलाई २५ लाख रुपैयाँ र अम्बादत्त पन्तलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै