DISH HOME

राष्ट्रिय बाणिज्य बैंकका सीइओ सर स्टन्ट बन्द गर्नुस्, ज्यानको रिस्क तपाईं लिनुहुन्छ ? 

सीइओ सर नमस्कार ।
हामी कर्मचारीहरुलाई आज एउटा सूचना प्राप्त भयो । सूचनामा भोलि आइतबार १० बजे अफिस हाजिर हुन भनिएको छ । बैंकले दिने सेवालाई अत्यावश्यक सेवा भनेर हामीलाई काममा बोलाइएको छ । तर हाम्रो यसमा आपत्ति छ ।
१. हामीलाई अफिस आउँदा र जाँदा केहि भईहाल्यो भने त्यसको जिम्मा तपाईंले लिनुहुन्छ ? हाम्रो ज्यानको रिस्क तपाईं लिनुहुन्छ ?
२. तपाईं माओवादी भएकै कारण बैंकको सीइओमा नियुक्त हुनुभएको सबैलाई थाहा छ । सुशिला कार्कीको सरकारले ननिकालोस् भनेर यस्तो स्टन्ट गर्न खोज्नुभएको हो भने यो स्टन्ट बन्द गर्नुहोस् ।
३. टेकुको अफिसमा कर्मचारी कसरी जाने ? जताततै पानी छ । हाम्रो घरमा पनि त परिवार छन् । तपाईं आफ्नी श्रीमती वा छोराछोरीलाई भोलि त्यो ब्रान्चमा पथाउन सक्नुहुन्छ ?
४. ललितपुर, सूर्यविनायक जस्ता शाखामा जान सक्ने स्थिति छ ? त्यहाँ कसलाई अत्यावश्यक सेवा चाहिएको हो, त्यसलाई डिजिटल रुपमा दिन सकिन्न ? यस्तो बेला क्यासको कारोबार निरुत्साहित गर्नु पर्दैन ?
५. बिराटनगर, विर्तामोडजस्ता ठाउँमा पनि कर्मचारी जान सक्ने स्थिथि छैन । के सोचेर यस्तो निर्णय लिनुभयो ?
६. कर्मचारी बाटोमा अलपत्र छन्, प्लेन नउडेर उस्तै अलपत्र छन्, यस्तो बेलामा अलिकति मानवीय संवेदना देखाउनुपर्दैन ?
७. तुरुन्त भोलि अफिस बोलाइएकालाई घरमै बस्न भन्नुहोस् । परेका बेला देशको सेवा गर्न सकिन्छ, र सक्नुपर्छ पनि।   तर ज्यान सिधासिधा जोखिममा राखेर यस्तो सर्कुलर जारी गर्न तपाईंले मिल्दैन । यसलाई फिर्ता लिनुहोस् ।
-पाठकपत्र

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै