National

मेघा बैंक लिमिटेडले गर्यो नयाँ व्याजदर सार्वजनिक

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २६ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा ३ महिनादेखि ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.२५ र प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर कायम गरेको छ । यसैगरी ६ महिना देखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर तोकिएको छ ।
बैंकले १ वर्ष भन्दा माथिका लागि व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकको आधार दर ८.३० प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.३९ प्रतिशत रहेको छ । 

यस्तो छ बैंकको नयाँ व्याजदरः

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै