National

बीमा समितिका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, कार्यालय भयो बन्द

Beema Samiti
  • बैंकिङ संसार 
काठमाडौं । बीमा समितिका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । समितिमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । समितिका उच्चपदस्थसहित ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । 
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बीमा समिति कार्यलय बन्द भएको छ । उक्त कार्यलय असोज १८ गतेदेखि असोज २३ गतेसम्मको लागि बन्द भएको हो । बीमा समितिको कार्यालय सिल भएपनि सेवाग्राहीलाई दिइने सेवा भने यथावथ रहेको समितिले बताएको छ । 
अब बीमा समितिका कर्मचारीहरुले सोमबारबाट वर्क फ्रम होम अर्थात घरबाटै काम गर्नु पर्ने भएको छ । समितिको भौतिक संरचना साँघुरो भएका कारण समिति सिल गर्न बाध्य भएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिएका छन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै