National

राष्ट्रिय वाणिज्य बैंकबाट बिदा भए सिइओ श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा सिइओको रुपमा दुई वर्षे कार्यकाल सकेर सिइओ किरणकुमार श्रेष्ठ बिदा भएका छन् । बुधबार एक विशेष कार्यक्रमकाबीच बैंकले उनलाई बिदा गरेको हो ।

आजभन्दा ८ बर्ष अघि बैंकको सिइओका रुपमा नियुक्त भएका उनी त्यसको ४ बर्षको कार्यकाल सकिएपछि पनि बैंकको सिइओ पदमा पुन:नियुक्त भएका थिए ।

बैंकबाट बिदा हुँदै उनले आफ्नो कार्यकालभरी साथ दिने सबैलाई धन्यवाद दिएका छन् । बिदाई कार्यक्रममा बोल्दै सिइओ श्रेष्ठले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै आफुले बैंकका साथीहरुलाई सधैँ सम्झिरहने बताएका छन् ।

उनको बिदाईसँगै अब बैंकको नयाँ सिइओ नियुक्तिको प्रक्रिया सुरु हुनेछ । अवको सिइओका रुपमा भुपेन्द्र पाण्डेलाई बैंकमा नियुक्त गर्न श्रेष्ठ नै लागिपरेको चर्चा बैंकमा छ । यध्यपी बैंकका डेपुटी सिइओद्वय पनि प्रमुख कार्यकारी अधिकृत बन्न दौडधुपमा लागेका छन् ।

बिदाइका केहि झलकहरु:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै