बैंकिङ कसुर मुद्दामा राजु मिजार पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बुढानिलकण्ठ ५ का राजु मिजार रहेका छन्।

काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा बैंकिङ कसुर १२ र चेक अनादर २ गरी जम्मा १४ वटा मुद्दाका फैसलाहरू भएको थियो।

उनीमाथि अदालतले बिगो २ करोड ५८ लाख ६२ हजार बमोजिम ४३ लाख २३ हजार जरिवाना तथा क्षतिपूर्ति रकम १ लाख ७२ हजार र ९० दिन कैद सजाय फैसला भएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै