National

सिद्धार्थ बैंकले सार्वजनिक गर्यो नयाँ वर्षको क्यालेन्डर

काठमाडौँ । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले पर्यटकीय गन्तव्यलाई क्यालेन्डरको मुख्य विषय वस्तु बनाउँदै नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।

बैंकका अनुसार ७ प्रदेशका १२ वटा पर्यटकीय स्थलको प्रवर्धन गर्ने उद्धेश्यले क्यालेन्डरमा समावेश गरिएको छ ।

क्यालेन्डरमा सोलुखुम्बुमा अवस्थित दुधकुण्ड, पर्साको घडिअर्वा पोखरी, दोलखाका अवस्थित सैलुङ र छोरोल्पा, सिन्धुपाल्चोकमा अवस्थित पाँच पोखरीलाई क्यालेन्डरमा स्थान दिइएको छ ।

साथै, लम्जुङको भुजुङ गाउँ, मनाङस्थित नार फु उपत्यका, पूर्वी रुकुमको टकसेरा गाउँ, सल्यानस्थित कुपिन्डे ताल, अपर डोल्पा, बाजुराको बडिमालिका र कन्चनपुरस्थि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाइसमेर्त पर्यटकीय गन्तव्यका रुपमा क्यालेन्डरमा स्थान दिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै