एसियाली विकास बैंकमा काम गर्ने अवसर

काठमाडौँ। एसियाली विकास बैंकमा काम गर्ने अवसर खुलेको छ। बैंकले वरिष्ठ वित्तीय व्यवस्थापन अधिकृत पदमा काम गर्ने अवसर खुलाएको हो।

इच्छुक नेपाली नागरिकले नेपाल रेसिडेन्ट मिसन, काठमाडौँका लागि सो पदमा दरखास्त दिन सक्नेछन्। दरखास्त भदौ २९ गतेसम्म दिन सकिने बैंकले एक सूचना जारी गर्दै जनाएको छ।

उक्त पदका लागि लेखा, वित्त वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र सिपिए, सिए वा एसिसिए जस्ता अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त व्यावसायिक लेखा योग्यता भएको हुनुपर्नेछ।

काम गरेको अनुभवभएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्