काठमाडौँ। बैंकका पदाधिकारी र कर्मचारीहरूले उद्धार कोषमा रकम जम्मा गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारी (करार कर्मचारीसमेत) को तर्फबाट रकम संकलन गरी कोषमा हस्तान्तरण गरिएको हो।
भोटेकोशीमा आएको बाढीबाट रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सरकारले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाइरहेको छ।



