वाणिज्य बैंकहरूबाट प्रवाह हुने सेयर लोन ३५.३८ प्रतिशतले बढ्यो, बैंकबाट १ खर्ब बढी सेयर लोन प्रवाह !

काठमाडौँ। वाणिज्य बैंकहरूले १ खर्ब बढी सेयर लोन प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को १० महिनासम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेका हुन्।

बैंकहरुले गत आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्म १ खर्ब ३ अर्ब १३ करोड ७७ लाख रुपैयाँ सेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको सेयर लोन अघिल्लो वर्षको तुलनामा ३५.३८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै सेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अगाडि रहेको छ।
अघिल्लो वर्षको वैशाखसम्मको तुलनामा समीक्षा अवधिमा १६ वटा बैंकबाट गएको सेयर लोन बढेको छ। नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबीआई बैंकले सेयर लोन प्रवाह घटाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन।

चालु आर्थिक वर्षको वैशाखसम्म नबिल बैंकले १७ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको वैशाखसम्मको तुलनामा २१.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष वैशाखसम्ममा बैंकले १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ सेयर लोन दिएको थियो।

दोस्रो धेरै सेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ सेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म २४.७८ प्रतिशतले बढाएर १४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ पुर्याएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै