‘बैंकरहरूलाई उच्च कार्यदबाबका कारण मानसिक तनाब भयो’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य सजिदा खातुनले बैंकिङ क्षेत्रका कर्मचारी तथा बैंकर्सहरूले भोगिरहेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभा सदस्य सजिदा खातुनले बैंकिङ क्षेत्रका कर्मचारी तथा बैंकर्सहरूले भोगिरहेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै सो समस्या यथाशीघ्र समाधान गर्न माग गरेकी हुन्।

उनले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू लामो समयसम्म निरन्तर काम गर्न बाध्य हुने, पर्याप्त बिदा नपाउने तथा उच्च कार्यदबाबका कारण मानसिक र पारिवारिक जीवनमा समेत असर परेको विषय संसदमा उठाएकी हुन्।

सांसद खातुनले बैंकिङ क्षेत्र देशको आर्थिक प्रणालीको मेरुदण्ड भए पनि त्यस क्षेत्रमा कार्यरत कर्मचारीहरूको श्रम, सुरक्षा, सेवासुविधा र कार्य वातावरणबारे अपेक्षित ध्यान नपुगेको बताइन्।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै