PRABHU BANK

ग्रिन डेभलपमेन्ट बैंकले सम्पन्न गर्यो दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौँ । ग्रिन डेभलपमेन्ट बैंकको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न भएको छ । बैंकको १०औँ र ११औँ वार्षिक साधारणसभा पोखराको मेजेष्टिक लेक फ्रन्ट एण्ड सुइटमा सम्पन्न भएको हो ।

सो सभाले आर्थिक वर्ष २०७८-७९ र २०७९-८०को संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले सामान्य प्रस्ताव, विशेष प्रस्ताव र विविध प्रस्ताव छलफलगरी पारित गरेको हो ।

त्यस्तै, सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित भएको छ । साथै, बैंकले आफ्ना सेयरधनीलाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको हो ।

सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्तावसमेत पारित भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै