prabhu

प्रभु बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण सम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । उक्त कम्पनीहरुबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको हो ।

कम्पनीको सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले प्रभु बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।

यो सम्झौताले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु १५ हजार भारतीय रुपैयाँ र मासिक रु १ लाखसम्म भारतीय रुपैयाँ भारतमा पठाउन सहज हुनेछ । यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै