काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले हाल कायम चुक्तापूँजीको ८.०३ प्रतिशत बोनस सेयर र (कर प्रयोजनार्थ) ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।




