काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक वर्षमा झन्डै ७ करोड नाफा कमाएको छ।
गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्ममा बैंकले ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा बैंकले ३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
जुन अघिल्लो आर्थिक वर्षको सोही अबधिको तुलनामा ७९.५३ प्रतिशतले बढी हो। समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७ लाख रुपैयाँ रहेको छ भने बैंकको लाभांश वितरण गर्ने क्षमता १०.६७ प्रतिशत देखिएको छ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा बढेर ९ करोड ८७ रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन मुनाफा पनि ७२.७९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा बैंकले २० करोड २० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.३३ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.१८ प्रतिशत थियो।
यता बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १२.१८ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १२२.०७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२२.११ रुपैयाँ रहेको छ।