National

नबिल बैंक छोडेर नबिल स्टक डिलरको सीइओ बनेका सुरेश देवकोटाले कम्पनी छोडे, पुन: बैंकिङ करियर अघि बढाउँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट सुरेश देवकोटाले राजिनामा दिएका छन् । करिब दुई दशक लामो बैकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल स्टक डिलरको कार्यकारी प्रमुख बन्नु अगाडि नबिल बैक लिमिटेडको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत थिए ।

आफ्नो बैकिङ्ग करियर बि.सं. २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका देवकोटाले लामो समय नेपाल बङ्गलादेश बैकमा बिताएका थिए । तत्कालिन नेपाल बङ्गलादेश बैक नबिल बैकमा गाभिए पश्चात देवकोटाले नबिल बैकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । देवकोटाले नेपाल बङ्गलादेश बैकमा रहदा प्रमुख वित्त अधिकृत, प्रमुख संचालन अधिकृत, प्रमुख जोखिम अधिकृत लगायतका कार्यकारी पदहरुमा रहि आफूलाई अब्बल साबित गरेका थिए ।

उनी पुन बैंकिङ फर्किंदैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै