National

एनआईसी एशियाबारे दुर्गा प्रसाईंको संघीन आरोप- बैंकका मालिक भाग्दैछन्, बचतकर्ताले आफ्नो रकम सुरक्षित राखौँ

काठमाडौँ । एनआईसी एशिया बैंकविरुद्ध चर्को अभिव्यक्ति दिईरहेका व्यवसायी दुर्गा प्रसाईंले फेरी बैंकविरुद्ध संघीन आरोप लगाएका छन् । उनले बैंकका मालिक अर्थात बिशाल ग्रुप अवको १ बर्षभित्र देश छोडेर भाग्न आफ्नो व्यवहार मिलाउँदैछन् भन्दै संघीन आरोप लगाएका हुन् । उनले बचतकर्तालाई आफ्नो रकम सुरक्षित राख्नसमेत भनेका छन् ।
‘एनआईसी एशिया बैंकका मालिक अर्थात बिशाल ग्रुप अबको १ वर्ष भित्र देश छोडेर भाग्न आफ्नो व्यवहार मिलाउदै ! नेपाल सरकार मस्तीमा ! बचत कर्ताले आफ्नो रकम सुरक्षित राखौ है !’ उनले सामाजिक संजालमा लेखेका छन् ।
यसअघि पनि उनले यस्तै अभिव्यक्ति दिँदा बैंकबाट २७ अर्व रुपैयाँभन्दा बढी रकम निक्षेपकर्ताले निकालेका थिए ।
उनले यस्तो अभिव्यक्ति दिएसँगै उनलाई र एनआईसी एशिया बैंकलाई गाली गर्नेहरुको सामाजिक संजालमा चर्चाचर्की परिरहेको छ ।
यता बैंकले भने प्रसाईंको अभिव्यक्तिको पटक पटक खण्डन गर्ने गरेको छ भने विभिन्न संघ संस्थाहरुले पनि उनको अभिव्यक्तिको बिरोध गर्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै