National

चीनको केन्द्रीय बैंकले ६९ अर्ब डलरको कर्जा कार्यक्रम ल्याउँदै

काठमाडौँ । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ ले ६९ अर्ब डलरको कर्जा कार्यक्रम ल्याउने भएको छ । केन्द्रीय बैंकले विज्ञान तथा प्रविधिको क्षेत्रहरुमा परियोजना स्तरवृद्धिलाई समर्थन गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याउने भएको हो ।

बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै ६९ अर्ब डलरको कर्जा कार्यक्रम ल्याउने घोषणा गरेको हो । उक्त विज्ञप्ति अनुसार ६९ अर्ब डलर बराबरको पुनकर्जाको ब्याजदर १.७५ प्रतिशत हुनेछ भने यसको अवधि १ वर्षको हुनेछ । पिपुल्स बैंकले पुनर्कर्जाका लागि २१ बैंकलाई कोटा छुट्याउने भएको छ ।

त्यस्तै, यो कार्यक्रम साना तथा मझौला प्रकारका प्रविधि कम्पनीहरुको योजनाहरुलाई कर्जा सहयोग प्रदान गर्न स्थापना गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै