National

कर्जा लगानीमा पनि अग्रणी स्थानमा एनआईसी एशिया बैंक

Nic Asia Bank
काठमाडौँ । एनआईसी एशिया बैंकको नाम नसुन्ने व्यक्ति सायद बिरलै मात्रै भेटिएलान् । किनकी केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको कुल जनसंख्याको २५ प्रतिशत मानिसको खाता एनआईसी एशियामै रहेकाले त्यसको पुष्टी गरेको छ । बैंक आकर्षक सेवा दिने मामलामा होस्, आकर्षक ब्याजदर दिने मामलामा होस् वा ग्राहकका लागि कुनैपनि कसर बाँकी न राख्ने यो बैंकले साना तथा मझौला कर्जा अन्तर्गत पनि सस्तो ब्याजमा ऋण प्रदान गर्दै आएको छ ।
‘बैंक पनि साथै पनि, राम्रो पनि हाम्रो पनि, भन्ने नाराका साथ देशभर फैलिएको यो बैंकले ग्राहकहरुलाई आफ्नै साथै अझै त्यो भन्दा पनि आफ्नै परिवारको व्यक्ति जसरी व्यवहार गर्दा बैंकप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन हुँदै आएको छ । पछिल्लो समय आम सर्वसाधारण बैंकिङ सेवाबाट दु:ख पाइरहेका बेला एनआईसी एशियाका ग्राहकले भने घरमै बसी बसी सबै सेवाको उपभोग गरी समयको बचतसमेत गरिरहेका छन् । यसैबीच बैंकले सानादेखि ठुला ग्राहकको मर्म अनुसार सबै किसिमका कर्जा प्रदान पनि गरिरेहेको छ । जसबाट ग्राहकहरु एनआईसी एशियाका ग्राहक झन् खुशी छन् । सर्वासाधारणको जीवनस्तर उकास्नमा पनि यो बैंकले ठुलो भूमिका निर्वाह गर्दै आएको छ ।
एनआईसी एशियाका अनुसार पछिल्लो समीक्षा अवधिसम्म १३ हजार ५ सय २५ ग्राहकलाई ऋण दिएको छ । ऋणीहरुले एसएमई कर्जा अन्तर्गत बैंकबाट ८८ अर्ब ९८ करोड रुपैयाँ ऋण लागेका हुन् । अन्य बैंकबाट ऋणको प्रक्रिया झन्झटिलो रहेका बेलामा एनआईसी एशियाले देशभरिका आफ्ना ३ सय ५८ वटै शाखाबाट एसएमई कर्जा सहजै दिइरहेको छ । बैंकले १५ लाखदेखि ५ करोडसम्मको कर्जालाई साना तथा मझौला कर्जामा वर्गीकरण गरेको छ ।
ग्राहकलाई सेवै-सेवा, सुविधै-सुविधा दिएको बैंकले एसएमई कर्जाका लागि देशभरिका साना तथा मझौला उद्योगीहरूले बैंकमा सम्पर्क गर्ने क्रम ह्वात्तै बढेको जनाएको छ । र त एनआईसी एशिया सरल प्रक्रियाबाट छिटोभन्द छिटो एसएमई कर्जा दिने व्यवस्था मिलाउने प्रक्रियामा अघि बढेको छ । बैंकले २०७६ असार मसान्तसम्म बैंकबाट ६ हजार ८ सय ३७ साना तथा मझौला उद्यमी–व्यवसायीले ४६ अर्ब ८५ करो ३४ लाख रुपैयाँ मात्रै कर्जा लिएका थिए तर यो संख्या वृद्धि भई २०७८ असार मसान्तसम्म आइपुग्दा १२ हजार १ सय ३ साना तथा मझौला उद्यमीले ८२ अर्ब १२ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको तथ्यांकमै उल्लेख छ ।
यता २०७८ पुससम्म आइपुग्दा बढेर १३ हजार ५ सय २५ साना तथा मझौला उद्यमीले कुल ८८ अर्ब ९८ करोड रुपैयाँ कर्जा लिइसकेका छन् र यो क्रम बढ्दो रहेको छ । बैंकको नेतृत्वमा रोशनकुमार न्यौपाने आएपछि एनआईसी एशिया यस्तो प्रगतिको पथमा पुगेको हो । बैंकिङ क्षेत्रमा आक्रामक व्यवसाय वृद्धि गर्दै छोटो अवधिमा धेरै भन्दा धेरै जनतालाई आफुप्रति केन्द्रीत गर्न सफल एनआईसी एशिया बैंक वित्तीय रुपमा पनि एक नम्बर बन्न सफल भएको छ । वाणिज्य बैंकहरुमध्ये विभिन्न दश महत्त्वपूर्ण सूचकांकहरुमा एनआइसी एशिया बैंकले आफुलाई अब्बल रुपमा स्थापित गर्दै निकट भविष्यमा निकै ठूलो सफलता तय गर्ने मार्गमा लागेको देखिन्छ ।
बैंकको व्यवसायलाई मापन गर्ने निक्षेप संकलन र कर्जा प्रवाह, आम्दानीलाई मापन गर्ने संचालन मुनाफा र खुद मुनाफा, सेयरधनीको नजरबाट मापन गर्दा प्रतिसेयर आम्दानी र स्व-पुँजीमा प्रतिफल र बैंकिङ संजाललाई मापन गर्ने शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा बैंक अब्बल छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै