
यति मात्रै होइन बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमासमेत आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेसंगै एटिएम सेवा पनि दिइरहेको छ । र आवश्यक स्थानमा एटिएम बुथ पनि स्थापना गरिरहेको छ । हालसम्मकै सबैभन्दा धेरै शाखा सञ्जाल संचालनमा ल्याएको बैंकले एटिएम विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । ग्राहकको आवश्यकता अनुसार सेवा थप्दै जाने रणनीति बैंकले बनाएको छ । बैंकको विभिन्न सेवाहरुबाट आकर्षित भएका ग्राहकहरु निकट व्यक्तिलाई पनि खाता खोल्न सुझाउँछन् । देशमा भएको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकले सेवा दिन सफल छ ।
बैंकका अनुसार वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा बैंकका शाखा विस्तार गरी सञ्चालन भइरहेका छन् । त्यसैले त एनआईसी एशिया बैंक ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ । त्यति मात्रै होइन बैंक ग्राहकहरुलाई परेको समस्याको समाधान गर्ने काममा पनि उत्तिकै अग्रसर रहेको छ एनआईसी एशिया । बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए, बिग्रिएमा वा चोरी भएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा पनि दिएको छ ।
पछिल्लो समय आम ग्राहकमाझ लोकप्रिय बनिरहेको बैंकको आइसर्भ योजना https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेविड कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा वाई ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
यस्तै फाइदै-फाइदा रहेको बैंकको अर्को बचत योजना हो सर्वश्रेष्ठ बचत खाता योजना । ५५ वर्ष पुगेका ग्राहकहरुले सर्वश्रेष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैकिङ्ग सुविधासमेत प्राप्त गर्न सक्नेछन् भने यो योजनाअन्तर्गत रहेर खाता खोल्नेहरुले विभिन्न शिर्षकमा २४ वटा फाइदा लिन सक्नेछन् । जसमा बैंकले डेबिट कार्ड पाँच वर्षको लागि निःशुल्क, मोबाइल बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क, इन्टरनेट बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क वार्षिक क्रेडिट कार्ड शुल्क पाँच वर्षको लागि निः शुल्क, क्रेडिट कार्ड सीमा अधिकतम रु पाँच लाखसम्म, प्रिपेड डलर कार्ड पाँच वर्षको लागि निःशुल्क सेवा दिएको छ । यो खाता योजनामा सहभागी हुने ग्राहकले एटिएम सेवादेखि ५ बर्षसम्म नवीकरण गर्दासमेत पैसा तिर्नुपर्दैन । ग्राहकले अर्को बैंकको एटिएमबाट पैसा झिक्दा समेत पैसा तिर्नुपर्दैन । जसले गर्दा ग्राहकहरुको बैंकको एटिएम नै प्रयोग गर्न रुचाएको पाईन्छ । एटिएम कार्डकै लागि भएपनि यो योजनामा सहभागी हुनेहरुको संख्या बढेको छ ।
यस्तै यो योजनामा सहभागी हुने ग्राहकले डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षको लागि निःशुल्क, चेक क्लियरिङ पाँच वर्षको लागि निः शुल्क सेवा पाउनुका साथै कुनै पनि बैंकका एटिएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निः शुल्क पाउनेछन् । र त एनआइशी एशियामा हरेक घरमा कसै न कसैले खाता खोलेको तथ्यांक रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंकले मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।