DISH HOME

गुराँस लघुवित्तले १०औँ वार्षिक साधारणसभा कात्तिक २७ गते गर्ने

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाले १०औँ वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभा कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा धनकुटाको धनकुटा १ हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेबाट सुरु हुने भएको छ। सभाले संस्था सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्। सभाले बोनस सेयर वितरणपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यता सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ भने गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै