DISH HOME

सिद्धार्थ बैंकको २४औँ वार्षिक साधारणसभा कात्तिक ३० गते हुने

काठमाडौँ। सिद्धार्थ बैंकले आफ्नो २४ औँ वार्षिक साधारणसभा गर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले साधारणसभा कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुने भएको छ। सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ।

जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस सेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन्।

सभाले बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै