काठमाडौँ। नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक १ गते शनिबारको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सुचारु गर्ने भएको हो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु गर्ने जनाएको छ।
भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउनका लागी केही समयदेखि यस्तो व्यवस्था गर्दै आइरहेको छ । राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि पराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।