नपाएको ब्याज रकमलाई नाफाका रूपमा नदेखाउन बैंकहरूलाई राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरूलाई नपाएको ब्याज रकमलाई नाफाका रूपमा नदेखाउन आग्रह गरेको छ। पछिल्लो समय बैंकहरूले नपाएको ब्याज रकमलाई नाफाका रूपमा देखाउन थालेको पाइएपछि बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासमा लेखा परीक्षण गर्दा असोज मसान्तसम्म वास्तवमै प्राप्त नभएको ब्याज रकमलाई नाफा आम्दानीमा देखाउन नपाइने जनाएको छ।

साथै, यस्तो ब्याज रकमलाई ‘प्राप्त हुन बाँकी ब्याज’ भनेर मात्र राख्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै