काठमाडौँ। कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यले सपथ ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले आज मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
बैंकको गत शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संचालकमा निर्वाचित आचार्यलाई सोही दिन वसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिती थियो ।