National

एनसेल प्रयोगकर्तालाई एनआइसी एशियामा सुविधै-सुविधा, मोबाइल बैंकिङ एप, आईसर्भलगायतका एप ‘फ्री’ चलाउन सकिने

Nic Asia Bankकाठमाडौँ । डिजिटल बैंकिङको विकास र विस्तार गर्नका लागि एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ एप, बैंकको आधिकारिक वेवसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ जस्ता सेवा एनसेलमा मोबाइल डाटाको प्रयोगबाट निःशुल्क चलाउन सकिन्छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट बैंकले प्रदान गर्दै आएको छ ।
एनसेलका ग्राहकहरुले डाटा प्रयोग गरी अन्तरबैंक रकम स्थानान्तरण, खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिनका साथै विभिन्न कम्पनीहरूले जारी गर्ने (आइपीओ) आवेदनसमेत भर्न सकिन्छ ।
कार्डबिना एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा पनि मोबाइल डाटाको प्रयोग बाट गर्ने सकिन्छ । त्यस्तै आईसर्भ प्लेटफर्म अन्तर्गत ग्राहकहरुले मोबाइल बैंकिङको नयाँ आवेदन दिन सक्छन भने मोबाइल बैंकिङलाई अनब्लक, ब्लक गर्ने तथा आफ्नो मोबाइल बैंकिङको पिन पासवर्ड रिसेट समेत कुनै समस्या बिनानै मज्जाले गर्न सकिन्छ । त्यस्तै आफ्नो खाताको ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तनको सुविधा समेत लिन सक्नेछन् । यति मात्र नभएर नगद तथा चेक डिपोजिट भौचर भर्ने, ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, लागि पनि ग्राहकहरुले आईसर्भ प्लेटफर्म मार्फत ग्राहकहरुले लाभ लिन सक्ने छन् ।
बैंकले यति धेरै सेवा सुविधा चलाउन ग्राहकले आफ्नो मोबाईलको एक रुपैयाँ डाटापनि खर्च गर्नु नपर्ने बनाएको छ । बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त हुँदै जाने विस्लेषण गर्न सकिन्छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै