PRABHU BANK

कर्मचारीलाई तलबसहितका सुविधा दिने मामलामा पनि एनआइसी एशिया नम्बर १

Nic Asia Bankकाठमाडौँ । पछिल्लो समय ‘सर्बश्रेष्ठ बचत खाता’ योजना ल्याएर ग्राहकहरुलाई सुविधा नै सुविधा दिएको एनआइसी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई पनि आकर्षक तलबसहितका सुविधा दिंदै आइरहेको छ । बैंकको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीलाई मात्रै नभएर बैंकले देशभर रहेका शाखामा कार्यरत कर्मचारीलाई आकर्षक तलबसहितका सुविधा दिंदै आइरहेको हो । र त कर्मचारीहरुले पनि मिहिनेतका साथ काम गर्दा बैंक आज यो स्थानसम्म आउन सफल भएको बैंकको विश्वास छ । एनआईसी एशियाले कर्मचारीको मर्मलाई बुझेर बैंकले आकर्षक बोनस, भत्ता, कर्जा, बीमालगायत अन्य सुविधाले दिंदा समग्र बैंकको जागिर आकर्षक जागिर बन्न सफल भएको छ ।
बैंकको जागिरलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएपछी बैंकमा जागिर खाने इच्छा देखाउनेको संख्या ठुलो छ । त्यसमा पनि एनआईसी एशियाले भ्याकेन्सी निस्केपछि आवेदनको ओइरो लाग्ने गरेको पाइन्छ । किनकि त्यो सब बैंकले प्रदान गरिरहेको सेवा-सुविधाको देन हो । पछिल्लो समय बैंकले आफ्ना कर्मचारीहरुको तलव सुविधा ४० प्रतिशतसम्म बढाएसँगै तलव सुविधाको मामला पनि एनआईसी एशिया नै अब्बल बनेको छ । यसले बैंकले उच्च व्यवस्थापनमा रहेका कर्मचारीसंगै सबैको भूमिका महत्वपूर्ण छ भन्ने तथ्यलाई पुष्टी गरेको छ । त्यसैले त एनआईसी एशिया नम्बर १ बैंक बन्न सफल भएको छ ।
भर्खर-भर्खर बैंक प्रवेश गरेका नवप्रवेशी कर्मचारीलाई त एनआईसी एशिया छुट्टै राखेर विशेष तालिम नै प्रदान गर्ने गर्दछ । उनीहरुको वृद्धि विकासको कार्यमा सघाउ पुर्याएको बैंकले उनीहरुलाई एक असर बैंकरको रुपमा स्थापित गरिदिएको छ । कर्मचारीलाई थप प्रोत्साहन दिएको छ सीइओ रोशन कुमार न्यौपानेको चुनौतीलाई अवसरमा बदल्ने शक्तिले । सीइओ न्यौपाने वाणिज्य बैंकका सबैभन्दा कान्छा सीइओ कहलिन्छन् । उनीसंग स्पष्ट भिजन, खट्न सक्ने क्षमता, बैंकलाई सर्वोत्कृष्ट बनाउने अठोट, सहकर्मीहरुलाई निरन्तर हौसला, प्रेरणा र प्रोत्साहन गरिरहे रहंदा बैंक अधिकांश सूचकांकमा नेपालका २७ वाणिज्य बैँकहरुमध्ये अग्रस्थानमा पुग्न सफल भएको छ ।
यसैबीच चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा सार्वजनिक गर्दै उत्कृष्ट प्रफमेन्ट देखाएको छ ।बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पु¥याउन बैंक सफल भएको छ ।
बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले सो अवधिसम्म आउँदा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रतिसेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।
यस्तै बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै