DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकबाट ‘एससिटि युनिअन पे’ कार्डको सेवा सुरु

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकबाट एससिटि युनिअन पे कार्ड सेवा सुरु भएको छ।

यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर SCT-UnionPay कार्ड प्राप्त गर्न सक्नेछन्।  साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ ।

दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT-UnionPay नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै