काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा पिताम्बर गैह्रे नियुक्त भएका छन्।
संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको १८९ औं बैठकको निर्णयाले उनलाई रिक्त रहेको सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनलाई संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक चयन गरिएको लघुवित्तले जनाएको छ।

