प्रभु बैंकका सिइओविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको अर्को पेशी साउन २९ गते, दोषी ठहरिए जान्छ पद !

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको अर्को पेशी साउन २९ गतेका लागि तोकिएको छ । यसअघि साउन २५ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको थियो।

अम्बिरबाबु गुरुङले प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध सर्वोच्च अदालतमा असार ३० गते अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका थिए । अदालतले दिएको आदेश सिइओ शर्माले अटेर गरेको भन्दै गुरुङ मुद्दा लिएर सर्वोच्च गएका थिए ।

यसअघि पनि मुद्दाको पहिलो पेशी साउन १९ गते ‘हेर्न नभ्याइने’ भन्दै स्थगित भएको थियो । त्यसपछि साउन २५ गते पेशी तोकिए पनि इजलासमा मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि मुद्दाको पेशी पुन: सरेको हो ।

अब उक्त मुद्दाको पेशी साउन २९ गतेका लागि तोकिएको छ । पेशी स्थगित नभएमा सो दिन सर्वोच्च अदालतमा सिइओ शर्माविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ हुनेछ ।

सो मुद्दामा बैंकका सिइओ दोषी ठहर भए कानुनबमोजिम नगद जरिवाना तथा जेल सजाय हुन सक्ने र उनको पदसमेत जाने अवस्था रहेकाले मुद्दालाई गम्भीर रूपमा हेरिएको छ । यो पनि हेर्नुहोस्:

प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध अदालतको अवहेलना सम्बन्धि फौजदारी केसमा मुद्धा दर्ता, दोषी ठहरिए जान्छ पद !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्