PRABHU BANK

राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, यस्तो छ नयाँ व्याजदर

 Rastriya Sahakari Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ५ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले उक्त व्याजदर बुधबार (भाद्र १०) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको बचत खाताको व्याजदर न्युनतम २.५० प्रतिशत र अधिकतम ७ प्रतिशतमा कायम गरेको छ ।
त्यस्तै, मुद्दती निक्षेप तर्फ भने बैंकले ३ महिनासम्म ६ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्म ६.५० प्रतिशत र १ वर्षसम्मका लागि ७ प्रतिशत व्याजदर कायम गरेको छ । यसैगरी, बैंकले १६ प्रकारको कर्जाको पनि व्याजदर सार्वजनिक गरेको छ । बैंकले उक्त कर्जाको व्याजदर न्युनतम ६.५० प्रतिशत र अधिकतम १०.७५ प्रतिशत व्याजदर कायम गरेको छ । 

यस्तो छ बैंकले​ सार्वजनिक गरेको नयाँ व्याजदरः 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै